काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको अवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले मुलुकको अवस्था परिवर्तन भए पनि सन्तोषजनक रूपमा जनताको अवस्थामा परिवर्तन हुन नसकेको भन्दै जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन् । व्यवस्था परिवर्तनका लागि…