काठमाण्डु- जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादवले मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको बताएकी छिन्। उनी आफ्नो एकबर्से कार्यकालको समीक्षा गर्दै देश र जनताका जल्दाबल्दा विषयमा प्रखररूपमा आवाज उठाउनुपर्नेमा सदनलाई राजनीतिक दलले सरकार बनाउने तथा गिराउने खेल मैदानका रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउछिन्…