राष्ट्रिय मर्यादा सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत

काठमाण्डु – राष्ट्रिय सभाको आज मंगलबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी छन् । बैठकमा ३ आयोगका प्रतिवेदन समेत प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौं वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको…