चुनाव मात्र समाधान होइन, नयाँ समझदारी र मार्गचित्र आवश्यक छ : राप्रपा महामन्त्री शाही

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती कुमारी शाहीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई जटिल र अलमलको अवस्थामा रहेको टिप्पणी गरेकी छन् । उनले जेनजी आन्दोलनका मागहरू भ्रष्टाचारको अन्त्य र सुशासन अझै लागू नहुने अवस्था रहेको पनि बताइन् । शाहीले भनिन्, ‘जेनजीको आन्दोलनको माग एउटा थियो । हालको व्यवस्थालाई नै खारेज गर्ने भन्ने थियो…