काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितको बचत १०० दिनभित्र फिर्ता गर्ने बताएका छन् । सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा नेतृत्वको सरकारले सहकारी पीडितका साना बचतहरू १०० दिनभित्रै फिर्ता गर्ने ठोकुवा गरे । अघिल्ला सरकारहरूले आफूलाई थुन्नेबाहेक अरु काम नगरेको उनले आरोप लगाए । ‘यसअघिका…