काठमाण्डु- अर्थमन्त्री प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले हालसम्म एनसेलको सेयर बिक्रीका विषयमा सरकारलाई आधिकारीक जानकारी नभएको बताएका हुन् । ‘हामी सूचना लिइरहेका छौँ। यसको नियमन गर्ने निकाय प्राधिकरण हो। यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।’, उनले भने । उनले यसले…