काठमाण्डु- राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्ताव औचित्यहीन भएको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बिहीवार राष्ट्रियसभाबैठकमा बोल्दैँ राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने विषय सेनाको अपमान गर्नु बाहेक अन्य केही नभएको बताएका हुन् । नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै…