काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चियापानले राजनीतिको तितोपनलाई हटाउँछ भन्नु झूट भएको टिप्पणी गरेका छन् । बुधबार नेकपा एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले राजनीतिक तितोपनलाई हटाउन चियापान काफी नभएको बताए । ‘यस्तो चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्ने कुरा झूट बोलेको हुन्छ । त्यसका लागि छुट्टै बैठक र…