नेपाल-बंगलादेश विद्युत व्यापार, यी हुन् ऊर्जा संयन्त्रका तीन निर्णय

काठमाडौँ— बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल-बंगलादेश ‘संयुक्त ऊर्जा संयन्त्रको बैठकले दुई देशबीचको ऊर्जा सहकार्यका लागि तीनवटा निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे र बंगलादेशका ऊर्जा सचिवको नेतृत्वमा रहेको समितिले नेपालमा जलविद्युतमा लगानी गर्ने, बंगलादेश विद्युत निर्यात गर्ने र दुबै देशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको हो। ऊर्जा सचिव घिमिरेले…