काठमाडौं -जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा बैशाख ६ गतेदेखि सेयर आवेदन खुला भएको छ । दुवै कम्पनीले शुक्रबारबाट रसुवामा निर्माणाधीन ३ आयोजनाको साधारण सेयर बिक्री खुलाएका हुन् । सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सेयर निष्कासन गरिएको हो । रसुवागढीले निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी…