काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको एक वर्षे कार्यकालमा ३९ दशमलव ३६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ। आफ्नो एक वर्षको कार्यप्रगति आइतबार सार्वजनिक गर्दै मन्त्री पुनले सो अवधिमा ८ मेगावाटको माई साना क्यास्केड आयोजना, १३ मेगावाको मद्क्यु खोला आयोजना, ७ मेगावाटको मोलुङ खोला आयोजना, १ दशमलव ५ मेगावाटको ठेउले खोला आयोजना…