काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ठूला तथा बहुउद्देश्यीय जलविद्युत आयोजना केन्द्र र प्रदेश सरकारको समन्वयमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्रीहरूसँग बिहीबार भएको छलफलमा मन्त्री पुनले ठूला आयोजना निर्माणमा जोड दिनुभएको हो । उर्जामन्त्री पुनले प्रदेश एक्लैले बहुउद्देश्यीय आयोजना निर्माण गर्न नसक्ने हुँदा समन्वय जरुरी रहेको…