काठमाडौं - उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित उर्जामन्त्रालयमा विहिवार भएको शिष्टाचार भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापुर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीको…