राष्ट्र बैंकको सूचना अधिकारीको जिम्मेवारी श्रेष्ठलाई

काठमाण्डु – नेपाल राष्ट्र बैंकले सुधा श्रेष्ठलाई बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ । गभर्नर कार्यालयको कायममुकायम निर्देशक समेत रहेकी श्रेष्ठलाई सूचना अधिकारी समेतको जिम्मेवारी दिइएको हो । उनी २०६४ सालदेखि बैंकमा आवद्ध थिइन् । उनले २०८३ जेठ १८ गतेदेखि लागू हुने गरी कार्यभार सम्हालेकी छन् ।