तलब वृद्धि २१ प्रतिशत नै हो, ढाँटेका छैनौँ : अर्थमन्त्री वाग्ले

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन् । आजको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले कर्मचारीलाई तलबका विषयमा नढाँटेको, नझुक्याएको बताएका हुन् । अर्थमन्त्रीले भने,‘तलब वृद्धि २१ प्रतिशत नै हो है, यसमा डाउट नहोस् । बाहिर सरकारले ढाँट्यो कि क्या हो, झुक्यायो भन्ने कुरा…