१५ असफलता औँल्याउँदै कांग्रेसले भन्यो– पछिल्ला घटनाक्रममा बालेन सरकार अनुत्तरदायी (पूर्णपाठ)

काठमाण्डु– नेपाली कांग्रेसले पछिल्लो परिस्थितिमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार अनुत्तरदायी बनेको आरोप लगाएको छ। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्। कांग्रेसले सरकारका १५ प्रमुख असफलता औँल्याउँदै जवाफदेहिताका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ। प्रवक्ता चालिसेका अनुसार प्रतिनिधिसभाले हालै पारित गरेको ‘प्रतिनिधिसभा नियमावली’देखि राहदानी…