संसद्मा अमर्यादित र आपत्तिजनक व्यवहार गरिएको भन्दै छानबिन समिति गठन

काठमाण्डु – प्रतिनिधि सभाको सोमबारको बैठकले संसद्को आईतबारको बैठकमा सांसद सदस्यले अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको ३ सदस्यीय समिति गठन गरेका हुन् ।…