काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल भारत भ्रमणमा रहेका छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा लामिछाने सोमबार ५ दिने भ्रमणका लागि दिल्ली पुगेका हुन् । आज मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।रविले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग…