रसायनिक मलको कालोबजारी र अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। बिहीबार मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन…