काठमाण्डु – गृहमन्त्री रमेश लेखकले कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा बुधबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार…