काठमाण्डु– पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको डरहम विश्वविद्यालयको संयुक्त टोलीले उत्खननका क्रममा कपिलवस्तुको तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार भएको) बौद्ध मन्दिर फेला पारेको छ । विभागको विज्ञप्ति अनुसार प्राचीन तिलौराकोट नगरभित्र फेला परेको उक्त मन्दिर दक्षिण एशियामा प्रचलित अप्सिडल शैलीको स्पष्ट उदाहरण हो। यस प्रकारका मन्दिरमा पछाडिको भाग अर्धवृत्ताकार हुन्छ र…