काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाण्डु उपत्यकाका विभिन्न स्थानका सुकुमबासीहरूलाई युद्ध र अपराधीजस्तो व्यवहार गरेको बताए । उनले भने, ‘काठमाण्डुको कैयौ बस्तीमा डोजर लगाइरहेका छन् । नदीको किनारमा बसेका जो मानिसहरू छन् । त्योमध्ये कैयौ राज्यलाई ढाँटेर…