सशस्त्रको नेतृत्वमा राजु अर्यालका ४ वर्ष : ‘सुधारवादी’ आईजीपीको निर्विवाद कार्यकाल

काठमाण्डु – नेपालको सुरक्षा संयन्त्रमा नेतृत्वको निर्विवाद बहिर्गमन बिरलै सुन्न पाइन्छ । कार्यकालको समीक्षा गर्दा केही न केही विवादका घटना स्मरण आइहाल्छन् । तर सशस्त्र प्रहरी बल नेपालका १२औँ संगठन प्रमुखका रूपमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले २०७९ वैशाख १९ गते नेतृत्व सम्हालेयता संगठनमा अनेक नीतिगत र संरचनागत सुधार भए पनि केही विवाद सुनिएनन्…