काठमाण्डु – कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले अस्वीकृत गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकृत गर्दै सरकारलाई कानूनबमोजिम गर्नु भन्ने आदेश दिएको छ । सरकारी वकिल कार्यालयले कानूनबमोजिम पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।…