काठमाण्डु - टीकापुर नगरपालिकाले प्लाष्टिक झोलामा रोक लगाउने भएको छ । उसले साउन १ गतेदेखि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा रोक लगाउने भन्दै सूचना जारी गरेको छ । नगरपालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउनेबारे टीकापुरस्थित विभिन्न व्यवसायीहरूसँग छलफल थालेको छ । छलफलमा नगर प्रमुख रामलाल डगौरा थारुले जल, जमिन, वातावरण र मानिसका लागि…