काठमाण्डु – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दियाको बाँसगढी नगरपालिका–१० घर भई काठमाण्डु महानगरपालिका–५ बस्ने २४ वर्षीया उमा तामाङ, काठमाण्डु शंखरापुर नगरपालिका–७ घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ३४ वर्षीय महेश प्रजापती र चितवनको भरतपुर महानगरपालिका–१५…