काठमाण्डु- सरकारले आगामी आर्थिक वर्षदेखि काठमाण्डु उपत्यकालगायत प्रमुख सहर धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने लक्ष्य राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमाण्डु उपत्यकालगायत प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने बताए । उनका अनुसार सडक मर्मतसम्भारलाई राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्न २८ अर्ब ५२ करोड विनियोजन गरिएको…