काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले बाढीपहिरोका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रूपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन केन्द्रको स्थलगत रूपमा अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले गत वर्ष बाढीले पुर्याएको क्षतिको अनुभवलाई मध्यनजर…