पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो, जिल्ला प्रहरी परिसरमा लगिने

काठमाण्डु– कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याइएको छ । आइतबार विराटनगरमा पक्राउ परेका अधिकारीलाई आजै दिउँसो हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । मानव तस्करीको आरोप लागेका अधिकारीलाई शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले निलम्बन गरेको…