अन्नपूर्ण आरोहणको हीरक महोत्सव सुरु

काठमाण्डु - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण भएको ७५ वर्ष पूरा भएको छ। ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको नारच्याङ बेँसीमा शनिबार साँझ पदयात्रा टोलीलाई स्वागत गर्दै हिरक जयन्तीको शुभारम्भ गरिएको छ। आइतबारदेखि सुरु हुने पदयात्रा टोलीमा अन्नपूर्णका पहिलो आरोही मौरिस हर्जोगका छोरा फ्रान्सका माथिएस…