काठमाण्डू– सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदलाई सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी गराएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार विपक्षीको अवरोधबीच अर्यालले प्रधानमन्त्री सदनमा विपक्षीले उठाएका प्रश्नबारे जानकार रहेको बताए । अर्यालले नियमावलीको व्यवस्थाअनुसार महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर हुनुपर्ने भन्ने विपक्षीको माग संविधानसम्मत र जायज रहेको उनको भनाइ…