काठमाण्डु– शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी…