देशकै पहिलो फ्लाई ओभरको आज उद्घाटन हुँदै

काठमाण्डु - ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरको निर्माण पूरा भएको छ । फ्लाई ओभरको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दै छन् । फ्लाई ओभर निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उपत्यकामा…