काठमाण्डु– व्यवसायी दुर्गा प्रसाईंलाई संयुक्त जनआन्दोलन समितिले जनकमाण्डर बनाएको छ । नवराज सुबेदीको नेतृत्वमा बनेको समितिले प्रसाईंलाई जनकमाण्डरको जिम्मेवारी दिएको हो । प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरेर संयोजक सुबेदीले सो जानकारी दिएका हुन् । यस्तै राजावादीहरूले आन्दोलन चैत २१ गतेदेखि थपि सशक्त बनाउने घोषणा गरेका छन्।…