काठमाण्डु- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छिन्। नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी बिहीबार काठमाण्डुमाआयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. राणाले नेपाल–भारतबीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन्। नेपाल र भारतले…