काठमाण्डु - गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । कांग्रेस र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुःखमा साथ दिएका भन्दै मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’ लाई सरकारबाट बर्खास्त गर्न नचाहने, एमाले दुई जनालाई मन्त्रिपरिषद्मा राखेर सरकारमा नजाने अडानमा अडिक रहेपछि भागबण्डा मिल्न सकस परेको हो ।…