काठमाण्डु-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकलाई प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । संसदको आज बस्ने बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पारित गर्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बस्दैछ । संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)…