डेङ्गीलाई सामान्य रूपमा नलिन आग्रह

गण्डकी-साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुप¥यो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गी सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो । यस वर्षपनि गत असारयता…