काठमाण्डु - आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ शनिबारदेखि सुरु हुँदैछ । प्रतियोष्तिाको पहिलो खेलमा शनिबार नेपालले अमेरिकासँग खेल्दै छ । खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेदेखि सुरु हुनेछ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकासँग नेपालले पहिलोपटक खेल्दै छ । यसअघि नेपालले महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेल मात्र खेलेको थियो ।…