सर्वोच्चको फैसलापछि कांग्रेस नेता खड्का आन्तरिक परामर्शमा, बोलाए आफू निकट नेताहरूको बैठक

काठमाण्डु - सर्वोच्च अदालतले पार्टीको आधिकारिता सम्बन्धी दायर रिट खारेज गरेपछि नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आन्तरिक परामर्शमा जुटेका छन् । गोल्फुटारस्थित निवासमा नेता खड्का आन्तरिक छलफलमा जुटेका छन् । खड्का निवासमा छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका छन् । यस्तै निवर्तमान केन्द्रीय सदस्यहरू…