काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अध्यादेश सरकारको घाँटीमा अड्किएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई अध्यादेश घाँटीमा अड्किएको हड्डीजस्तै भइराखेको बताइ । अध्यादेशहरू संसद्मा निर्णयार्थ पेश गर्न उनले आग्रह गरे । उनले भने, ‘मीठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन…