शिक्षालयमा अक्षयकोष स्थापनाका लागि देउसीभैलोबाट ३२ लाख संकलन

गलेश्वर – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसीभैलोबाट ३ दिनको अवधिमा ३२ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरूपमा रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिए । उनका अनुसार अक्षयकोष स्थापना गर्न…