काठमाण्डु– नेपाल विद्युत प्राधिकरणले हाइड्रोलोजी पेनाल्टी हटाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।बिहीबार प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। प्राधिकरणका अनुसार सञ्चालक समितिको मिति २०८२ फागुन ४ गते बसेको १०२६औँ बैठकले जलवायु परिवर्तनका कारण नदी प्रवाहमा आएको…