काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले गत असार १७ गते मध्यराति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । सहमतिमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन्…