काठमाण्डु – नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषद्सँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाली युवाहरूलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातावरण बनाउनुपर्दछ । नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातावरण बनाउनु नै मुख्य चुनौती हो ।…