सेनाले भन्यो – रथी सिग्देलको नागरिकतामा कुनै विवाद छैन

काठमाण्डु – नेपाली सेनाले रथी अशोकराज सिग्देलको नागरिकतामा उमेर सम्बन्धी कुनै विवाद नरहेको जनाएको छ । बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा पत्रकार सम्मेलन गरेर सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको बताए । उनले भने, ‘पछिल्ला दिनमा सिग्देलको नागरिकता विवादलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भए । हामीले उहाँले जागिर…