मन्त्री छनोटले कांग्रेसमा चर्को असन्तुष्टि

काठमाण्डु– सत्तारुढ दल नेपाली कांग्रेसमा मन्त्री चयनले चर्को असन्तुुष्टि निम्त्याएको छ । १० मन्त्रालयसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेसभित्र संस्थापन र इतर दुवै समूहभित्र असन्तुष्टि चुलिएको नेताहरू बताउँछन् । खासगरी तीन नेताको नाम मन्त्री बन्ने सूचीमा राखेर अन्तिम समयमा काटिएको विषयले कांग्रेसमा असन्तुष्टि चुलिएको हो । मन्त्री बन्ने सूचीबाट अन्तिम समयमा…