काठमाण्डु – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले ३ वटा सुरक्षा निकायका प्रमुखसँग संयुक्त रूपमा छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए । उनीहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका…