काठमाण्डु – नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज बसेको मधेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थसहित चार मन्त्रालय दिन सहमत भएको भन्दै चार मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो । यसअघि मुख्यमन्त्री सिँहले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता…