काठमाण्डु – लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र रेमिट हाइड्रो लिमिटेडबीच कम्पनीले ताप्लेजुङ्ग जिल्लास्थित घुन्सा नदीमा निर्माण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । आयोजनाको कूल लागत १८ अर्ब १३ करोड छ । सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । घुन्सा खोला…