काठमाण्डु – संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते गर्ने भएको छ । सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उनको संसदीय सुनुवाइ माघ २० गते गर्ने निर्णय गरेको छ । सोमबारको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणापत्र र कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरेका…